उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

Nagarik Sewa 4562+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्।

न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना न्यायाधीश नियुक्ति तथा विभिन्न उच्च अदालतमा पदस्थापनका सिफारिस गरेको थियो। सिफारिस हुनेमा न्याय परिषद्का सचिव यमबहादुर बुढा, सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अच्युत कुइँकेललगायत पनि छन्। जिल्ला न्यायाधीशबाट १६ जना उच्चमा उक्लिएका छन् भने कानुन व्यवसायीबाट ६ जनाले मौका पाएका छन्। ५ जना भने न्याय सेवाअन्तर्गत न्याय, सरकारी वकिल र कानुन अधिकृत समूहबाट नियुक्त भएका छन्।

अब उनीहरू राष्ट्रिय न्यायिक प्रतिष्ठानले व्यवस्थापन गरेको एक महिना तालिम लिएरमात्रै कार्यक्षेत्रमा खटिनेछन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार