इरानले चीनसँग व्यापार कायम राख्न अपनायो वैकल्पिक मार्ग

Nagarik Sewa 4894+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

काठमाडौं । अमेरिकी प्रतिबन्ध र समुद्री मार्गमा बढेको अवरोधका बीच इरानले चीनसँग व्यापार कायम राख्न उत्तरी सीमाबाट जाने रेलमार्गको प्रयोग बढाउन थालेको छ । समुद्री मार्गबाट चीन पुग्न ४५ देखि ५० दिन लाग्छ । रेलमार्फत करिब १५ दिनमै सामान पुर्‍याउन सकिने इरानको ट्रेड प्रोमोसन अर्गनाइजेसनले जनाएको छ ।

यो रेल करिडोर इरानको यज्द र इसफहान हुँदै तुर्कमेनिस्तान र कजाखस्तानबाट चीनको यिवु इनल्यान्ड पोर्टसम्म पुग्छ । तर, रेलमार्गको क्षमता समुद्री ढुवानीको तुलनामा निकै कम छ ।एउटा रेलले करिब एक हजार टन सामान बोक्न सक्छ । समुद्री जहाजले धेरै ठूलो परिमाणमा सामान ढुवानी गर्न सक्छ । साथै, तुर्कमेनिस्तान र कजाखस्तानमा फरक रेल गेजका कारण कतिपय स्थानमा कन्टेनर अर्को रेलमा सार्नुपर्ने हुँदा समय र लागत बढ्ने गरेको छ ।

इरानले ढुवानी लागत घटाउन चीनबाट आएका कन्टेनरलाई फिर्ती यात्रामा आफ्ना सामान पठाउन प्रयोग गर्न थालेको छ । यसबाट केही लागत घटे पनि रेलमार्ग अझै समुद्री ढुवानीभन्दा महँगो रहेको इरानी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी प्रतिबन्ध र होर्मुज जलमार्गमा अवरोधका कारण इरानले खाद्यान्न, औषधि, चिकित्सकीय उपकरणलगायत अत्यावश्यक वस्तुको आयातलाई प्राथमिकता दिएको छ । यसनिम्ति आपत्कालीन समिति गठन गरी सीमित वस्तुको आयातलाई अनुमति दिइएको छ ।

इरानले रेल, सडक र अरू स्थलमार्गमार्फत चीन तथा पश्चिम एसियासँग व्यापार बढाउने प्रयास गरेको छ । तर, सीमित क्षमता र उच्च लागतका कारण यी मार्गले तत्काल समुद्री ढुवानीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्ने अवस्था देखिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार