मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल

Nagarik Sewa 4881+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार ह्वाइट हाउसमा शिखर वार्ता हुँदै छ । दुई महाशक्ति राष्ट्रबीचको सम्बन्धमा तनाव कायम रहेका बेला हुन लागेको यस वार्तामा व्यापार, इरान, ताइवान र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका जटिल विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इरान र मध्यपूर्वको द्वन्द्व

वार्तामा इरानमा जारी युद्ध तथा मध्यपूर्वको सुरक्षा अवस्था प्रमुख विषय बन्नेछन् । अमेरिकी सिनेटर रोजर विकरले राष्ट्रपति ट्रम्पलाई चीनले इरानलाई दिएको स्पष्ट समर्थनको विषय उठाउन आग्रह गरेका छन् । 

अमेरिका विगत सात महिनादेखि जारी इरान युद्ध अन्त्य गर्न चीनले आफ्नो प्रभाव प्रयोग गरोस् र इरानलाई अमेरिकी सर्तहरू स्वीकार गर्न तयार पारोस् भन्ने चाहेको छ । तर, चीनले हालसम्म यसमा अमेरिकी आग्रह स्वीकार गरिसकेको छैन ।

ताइवान र अमेरिकी हतियार बिक्री

अमेरिका र चीनबीच ताइवान लामो समयदेखि असहमतिको केन्द्रमा रहँदै आएको छ । वार्तामा ताइवानप्रति चीनको रणनीति र अमेरिकाले गर्दै आएको हतियार बिक्रीबारे संवाद हुने अपेक्षा गरिएको छ । 

सञ्चारमाध्यमहरूका अनुसार, चिनियाँ राष्ट्रपति सीले ताइवानलाई हतियार बिक्री रोक्न तथा अत्याधुनिक चिप्स निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धमा लचकता अपनाउन ट्रम्पसँग आग्रह गर्ने सम्भावना छ ।

व्यापार युद्ध र ट्यारिफ 

व्यापारिक विवादका बीच दुवै देशले गत वर्ष दक्षिण कोरियाको बुसानमा भएको व्यापारिक सहमतिको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका छन् । नोभेम्बर १० मा समाप्त हुन लागेको उक्त व्यापारिक ‘ट्रुस’लाई अब जनवरी १० सम्म कायम राखिने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन् ।

राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआन बुधबार वासिङ्टन आइपुग्दा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प उनीहरूको स्वागतका लागि जोइन्ट बेस एन्ड्रयुज पुगेका थिए ।

एआई र प्रविधि

अत्याधुनिक चिप्स र एआई प्रविधिको राष्ट्रिय सुरक्षा जोखिमलाई लिएर दुवै देशबीच लामो समयदेखि मतभेद छ । ह्वाइट हाउसमा आयोजना हुने राजकीय भोजमा प्रविधि क्षेत्रका दिग्गजहरू– एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ र स्पेसएक्सका प्रमुख एलन मस्कलगायत सहभागी हुँदैछन् ।

एआईको सुरक्षा जोखिम न्यूनीकरणका लागि अमेरिका र चीनबीच गम्भीर एआई घटनाहरूको सूचना आदानप्रदान गर्न नयाँ ‘सूचना प्रणाली’ स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ । अमेरिकी अर्थमन्त्री बेसेन्टका अनुसार, यो संयन्त्र ‘अमेरिका–चीन एआई संवाद’ अन्तर्गत रहनेछ । यद्यपि, अत्याधुनिक एआई चिप्स र सेमिकन्डक्टर उपकरणको निर्यात प्रतिबन्धबारे ठोस सहमति हुन भने बाँकी नै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार