मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

क्यानले घोषणा गर्यो एनपीएलको पुरस्कार राशि

Nagarik Sewa 1242+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा गरेको छ । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ तथा चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउने छ ।

क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको थियो । प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो । पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान रहेको थियो । 

सोही अनुरुप चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनेटर’ खेल खेल्न लागिएको हो । यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ ।

अर्थात, ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्न पाउने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै