काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताउनुभएको छ। गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दुस्ख व्यक्त गर्नुभयो ।
गृहमन्त्री अर्यालले भन्नुभयो ,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ ।’
अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निभाएको भूमिकाको मन्त्री अर्यालले प्रशंसा गर्नुभयो। ‘मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा हो,’ अर्यालले भन्नुभयो, ‘प्रविधिमा देखिएको द्रुत विकास र यसको प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । साधन स्रोतले प्रहरीलाई सक्षम बनाउन मन्त्रालय तत्पर रहेको उहाँले बताउनुभयो।