मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जेलबाट छुटेका दीपक मनाङेको ठमेलमा भव्य स्वागत

Nagarik Sewa 4881+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

काठमाडौं । भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् ।

एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । त्यो बेला ‘चक्रे मिलन’ भनिने मिलन गुरुङको अर्को समूह थियो । चक्रे मिलन यस पटकको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार थिए ।

२०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङेले जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् ।

जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए । सो राम्रो चालचलन बापत उनले केही कैद सजाय कटौती पनि पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार