नेपालबाट दाँत कोट्याउने सिन्काको लागि सवा २ करोड रकम बाहिरियो

Nagarik Sewa 4536+ समाचार ( )
९ माघ २०८१, बुधवार

काठमाडौं। चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट दाँत कोट्याउने सिन्का र सो बनाउने काठको आयातबापत सवा २ करोड रकम बाहिरिएको छ । 

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ६९ लाख ६० हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो । त्यस्तै सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउने काठको आयात भएको छ । 

अघिल्लो आवमा नेपालमा १ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का र १ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउन प्रयोग गरिने काठको आयात भएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार