मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

मेलम्चीमा ३ दिने पत्रकारिता तालिम सुरु, विद्यार्थीको उत्साहजनक सहभागिता

Nagarik Sewa 4866+ समाचार ( )
६ असार २०८३, शनिबार

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । नेत्रज्योति मिडिया हाउस र मेलम्ची नगरपालिका को संयुक्त पहलमा आयोजित उक्त तालिममा माध्यमिक शिक्षामा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

तालिमको उद्देश्य विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहबारे व्यावहारिक समझ विकास गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममार्फत युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा राम प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ का महासचिव, नेत्र बहादुर बस्नेत, साथै प्रशिक्षार्थी कान्ति न्यौपाने र निशा देउजा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राम प्रसाद दाहालले भने, “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनि हो। यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न मद्दत गर्छ ।”

नेत्र बहादुर बस्नेतले तालिमको महत्वबारे बोल्दै भने, “डिजिटल युगमा सूचना छिटो फैलिन्छ, तर सही सूचना प्रवाह अझै महत्वपूर्ण छ । विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको ज्ञान दिन सके भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्न सकिन्छ ।”

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार