मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली

Nagarik Sewa 4868+ समाचार ( )
५ अशोज २०८३, सोमबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेको टिप्पणी गरेका छन् । सोमबार (असोज ५) सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा युवालाई वास्तविक जिम्मेवारीमा ल्याउने सुरक्षित र बाटो बनाउन चाहेको उल्लेख गरेका छन् । 

“युवालाई वास्तविक जिम्मेवारीमा ल्याउने सुरक्षित र वास्तविक बाटो बनाउन चाहन्छु । अनुभवलाई अपमान गरेर होइन, नयाँ ऊर्जालाई जोडेर नेतृत्व विकास गर्नुपर्छ । काम गरेर, सिकेर, जिम्मेवारी लिएर नेतृत्व विकास हुन्छ,” ओलीको प्रतिवेदनमा उल्लेख छ । 

उनले आफूलाई हटाउनका लागि पुनर्गठनको नारा उछालिएको आरोप लगाएका छन् । “यो जिद्दीको प्रश्न होइन । पार्टीको पुनर्निर्माण र संक्रमणलाई संस्थागत बनाउने जिम्मेवारीको प्रश्न हो । तर, यतिबेला केही व्यक्तिहरूले अध्यक्ष विस्थापित गर्ने मनसाय र प्रयासका बेमौसमी बाजा बजाइरहेको पाइएको छ र त्यसका लागि पुनर्गठनको नारा उछालिएको छ,” ओलीले भनेका छन् । 

उनले पुनर्गठन रहर र लहडले नहुने दाबी समेत गरेका छन् । ओलीले अहिलेको अवस्थामा पुनर्गठनको शब्दार्थ र भावार्थ नमिल्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार