काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ पौने ८ बजदेखि चेन्नईस्थित एम चिदाबरम स्टेडियममा सुरु हुनेछ । चेन्नईको कप्तानमा युवा रुतुराज गायक्वाड छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।
कप्तानहरू युवा भएपनि दुई टोली अन्य खेलाडीका कारण निकै चर्चामा रहने गर्छन् । दुवै टोलीमा भारतका उत्कृष्ट खेलाडीहरू छन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी चेन्नईमा तथा विराट कोहली बेंगलुरुको टोलीमा छन् । दुवै टोली पहिलो खेलमा राम्रो जितका साथ दोस्रो खेलमा आएका छन् । चेन्नईले मुम्बई इन्डियन्स तथा बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।