प्रचण्डद्वारा पार्टीको भव्य नयाँ भवन बनाउने घोषणा

Nagarik Sewa 4387+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ भवन बनाउने घोषणा गर्नुभएको छ। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ भवन बनाउने घोषणा गर्नुभएको हो। 

मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरेपछि प्रचण्डले भन्नुभयो, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’प्रचण्डले अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको र ती जोगाउन भूमिका खेलेको भन्दै कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार