काठमाडौं । नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमान सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । शुक्रबार (वैशाख ४) मुख्य प्रशिक्षक स्टुवर्ट लले रोहितकुमार पौडलको कप्तानीमा प्रतियोगिता खेल्ने १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् । टोलीमा अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन् । गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेका उनले यसअघि यू–१९ राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।
यस्तै, विनोद भण्डारीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । प्रतियोगिता यही अप्रिल २५ देखि सुरु हुनेछ । नेपालले अप्रिल २५ र मे १ मा यूएईसँग खेल्ने तालिका छ । नेपालले अप्रिल २७ र मे ५ मा ओमानसँग खेल्नेछ ।
नेपाली टोली–
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी ।