नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने

Nagarik Sewa 4376+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।  लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । कांग्रेस नेता अर्जुननरसिंह केसीले खड्कालाई लेखा समिति सभापति बनाउने निर्णय गरेको जानकारी दिए । 

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख पतिपक्षी दललाई लेखा समितिको सभापति दिने निर्णय गरेको थियो ।   प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ । 

संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार