मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

१० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा

Nagarik Sewa 4382+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।उनीहरूले गलत लिखत तयारी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अख्तियारले बिहीबार तिवारीविरुद्ध साढे १० करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  तिवारी र कार्कीले कागजात सच्याई गलत लिखत तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । तिवारी र कार्कीको आपसी मिलेमतो तथा योजनामा भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति लिने प्रयोजनको लागि सरकारी लिखत /लेटरप्याड, छाप लगायतको दुरुपयोग गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले कैद र जरिवाना सजाय मागदाबी गर्दै तिवारी र कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार