मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो रङ छ्यापे

Nagarik Sewa 4881+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

काठमाडौं। एमाले नेता महेश बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन्। बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाए। 

यसैबिच जेनजी अगुवा भावना राउतले महेश बस्नेत विराटनगर पुग्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन्। ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन्। युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ’, राउतले लेखेकी छन्, ‘राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ।’

सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन्। केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै