मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

निजी विद्यालयको माग पुरा हुने गरी विद्यालय शिक्षा विधेयक जारी हुने अध्यक्ष प्रचण्डको दाबी

Nagarik Sewa 1242+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजी विद्यालयको माग पुरा हुने गरी विद्यालय शिक्षा विधेयक जारी हुने बताएका छन् । संसदमा पेस हुनु भन्दा अघि नै निजी विद्यालयको समस्या सम्बोधन हुने गरी विधेयक पेस भइसकेको र पारित हुँदा पनि थप परिष्कृत गरेर पारित गर्न समन्वय गरिने उनले बताए । 

‘यो विधेयक मेरो नेतृत्वको सरकारले संसदमा पेस गरेको हो,’तेस्रो प्याब्सन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले  भने,‘तपाईँहरूको सुझावलाई ध्यान दिँदै कार्यदल बनाएर तपाईँहरूको विषय सम्बोधन हुने गरी विधेयक संसदमा पुगेको हो । संसदमा पुगेको विधेयक छलफल गरेर निष्कर्षमा पुर्‍याउन सकेका छैनौ । आउँदो अधिवशेनमा पारित गर्ने योजना छ ।’ सरकारले ल्याएको विधेयकमा सम्बोधन नभएका विषयमा सांसदहरूले संशोधन हालेको उनले बताए । उनी भन्छन्,‘संशोधन सहित पारित हुँदा अहिले भोगिरहेको नीतिगत र व्यवहारिक सबै सम्बोधन हुनेछ ।’

संसदमा रहेको शिक्षा ऐन कहिले आउँछ भन्ने सबैलाई चासो उनले बताए । आफूले प्रस्तुत गरेको विधेयक पारित गर्न पनि आफैले भूमिका खेल्ने उनले बताए । ‘यो मेरो प्रयत्नमा विधेयक आएको हो । अब पारित गर्न पनि म नेतृत्व लिन्छु,’उनले भने,‘ तपाईँहरूकै सल्लाहमा हालेको संशोधनमा छलफल गरेर पारित सहजीकरण गर्ने विश्वास दिलाउँछु । जायज माग सम्बोधन गर्ने कुरामा सबैको योगदान रहनेछ ।’ निजी विद्यालयले लिने शुल्क र शुल्कको विषय पनि यही विधेयकमा टुङ्गिने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार