उपसभामुख रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको छः प्रचण्ड

Nagarik Sewa 4281+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसमा सरकारले गल्ती गरिरहेको बताउनुभएको हो।

उहाँले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाउनुभयो। उहाँले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिनुभयो। उहाँले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गर्नुभयो।

पत्रकारले उपसभामुखमाथि पनि प्रश्न उठेको छ नि’ भनेर सोध्दा प्रचण्डले ती आरोपहरूलाई खारेज गर्दै उपसभामुखले कुनै गलत काम गरेको प्रमाण नभएको र सबै आरोपहरू कपोलकल्पित र झुटा भएको बताउनुभयो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार