बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक प्रतिनिधिसभामा पेस हुँदैनः मन्त्री चौरसिया

Nagarik Sewa 4894+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताउनुभएको छ। मन्त्री चौरसियाले भन्नुभयो, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’

सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिँदै त्यस्तो बताउनुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै