सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको भूमि मन्त्री अधिकारीको दाबी

Nagarik Sewa 4218+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गर्नुभएको छ। मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो।

पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिनुभएको छ। त्यसबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’

उहाँले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको पनि बताउनुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार