मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

सांसदलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

Nagarik Sewa 4723+ समाचार ( )
३२ असार २०८३, बिहीबार

काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । विगतमा सांसदहरूले ऐनानुसार पाउँदै आएको सुविधा ‘जेनजी’ आन्दोलनपश्चात् गठित चुनावी सरकारले रोक्ने निर्णय गरेको थियो । हालको प्रतिनिधिसभा गठनपछि पनि सांसदहरूले स्वकीय सचिव नियुक्त गरे । तर, अघिल्लो सरकारको निर्णयका कारण उनीहरूले आफ्नै तलबभत्ताबाट स्वकीय सचिवलाई पारिश्रमिक दिँदै आएका थिए ।

“विगतमा जे कानुनी व्यवस्था हो, सोहीअनुरूप हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ,” कानुनमन्त्री सोविता गौतमले बाह्रखरीसँग भनिन्, “सांसदहरूका लागि अनिवार्य रूपमा आवश्यक पर्ने स्वकीय सचिव नियुक्तका लागि लामो समयदेखि सांसदहरूले ध्यानाकर्षण गराउँदै आउनुभएको हो ।” प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीबाट अनुरोध भए मात्र मन्त्रिपरिषद्ले निर्णय गर्ने अडान लिएका थिए । सोही कारण यसबारे निर्णय गर्न झन्डै चार महिना लागेको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी दलहरूले ‘सांसदका निम्ति स्वकीय सचिव आवश्यक पर्ने भए सरकारले निर्णय गरोस्, तर हामी सुविधाका लागि निवेदन दिँदैनौँ’ भन्दै सचेतकमार्फत सरकारलाई जवाफ पठाएका थिए । मंगलबार (असार ३०) बसेको मन्त्रिपरिषद् बैठकबाट सांसदहरूलाई स्वकीय सुविधा दिने निर्णय गरिएको हो । विपक्षीको निवेदन वा अनुरोधबिनै कानुनमन्त्री गौतमको प्रस्तावमा यो निर्णय गरिएको छ ।

उक्त मन्त्रिपरिषद् बैठकका केही निर्णय सोही दिन सार्वजनिक गरिएको थियो । तर, स्वकीय सुविधासम्बन्धी निर्णय गोप्य राखिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै