तोलामा २ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4210+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो । 

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो ।

चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार