मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

शेयर बजारमा बुधबार चमक

Nagarik Sewa 2095+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । साताको चौथो कारोबार दिन शेयर बजारमा बुधबार चमक देखिएको छ । कारोबारसँगै ६२ अंकले बढेको बजारमा परिसुचक २६ सय ७३ को बिन्दुमा पुग्यो । कारोवार पनि साढे १० अर्ब माथि भएको छ । सबै उपसूचकमा हरियाली छाएकोमा वित्त समूह सबैभन्दा धेरै ५ प्रतिशत बढीले उकालो लागेको छ । यस्तै जलविद्युत समूहमा ३ प्रतिशत माथिको सुधार आउदा बाणिज्य बैक, विकास बैक, जीवन बिमा, निर्जिबन बिमा, लघुवित्त र अन्य समूहमा पनि २ प्रतिशत माथिको बृद्धि आयो ।

यस्तै, होटल तथा पर्यटन र उत्पादन समूहमा १ प्रतिशत माथिको बृद्धि आउदा अरु समूह पनि सामान्य अंकले बढेका छन् । केहि दिन अघिमात्र दोश्रो बजारमा कारोवार शुरु भएका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरसँगै आज बुटबल पावर कम्पनी, ओम मेघाश्री फर्रम्याच्युटिकल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको नेप्सेले जनाएको छ । यसदिन २ सय २७ स्टकको शेयर मूल्य बढ्दा १८ को घटेको छ ।

बुधबार सानिमा माई हाइड्रो पावरको शेयर सर्वाधिक ५९ करोड २० लाख बढीको भएको एक्सचेञ्जले जनाएको छ । बुधबार ३ सय ८ कम्पनीको २ कारोड ७२ लाख बढी कित्ता शेयर १० अर्ब ५१ करोड बढीमा खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै