मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

शेयर बजारमा बुधबार चमक

Nagarik Sewa 3912+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौं । साताको चौथो कारोबार दिन शेयर बजारमा बुधबार चमक देखिएको छ । कारोबारसँगै ६२ अंकले बढेको बजारमा परिसुचक २६ सय ७३ को बिन्दुमा पुग्यो । कारोवार पनि साढे १० अर्ब माथि भएको छ । सबै उपसूचकमा हरियाली छाएकोमा वित्त समूह सबैभन्दा धेरै ५ प्रतिशत बढीले उकालो लागेको छ । यस्तै जलविद्युत समूहमा ३ प्रतिशत माथिको सुधार आउदा बाणिज्य बैक, विकास बैक, जीवन बिमा, निर्जिबन बिमा, लघुवित्त र अन्य समूहमा पनि २ प्रतिशत माथिको बृद्धि आयो ।

यस्तै, होटल तथा पर्यटन र उत्पादन समूहमा १ प्रतिशत माथिको बृद्धि आउदा अरु समूह पनि सामान्य अंकले बढेका छन् । केहि दिन अघिमात्र दोश्रो बजारमा कारोवार शुरु भएका नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरसँगै आज बुटबल पावर कम्पनी, ओम मेघाश्री फर्रम्याच्युटिकल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको नेप्सेले जनाएको छ । यसदिन २ सय २७ स्टकको शेयर मूल्य बढ्दा १८ को घटेको छ ।

बुधबार सानिमा माई हाइड्रो पावरको शेयर सर्वाधिक ५९ करोड २० लाख बढीको भएको एक्सचेञ्जले जनाएको छ । बुधबार ३ सय ८ कम्पनीको २ कारोड ७२ लाख बढी कित्ता शेयर १० अर्ब ५१ करोड बढीमा खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार