फुटबल खेलाडी संघलाई एनएनआईपीएको समर्थन

Nagarik Sewa 4298+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउँनुपर्ने मागसहित प्रदर्शन गरेको नेपाल फुटबल खेलाडी संघप्रति समर्थन जनाएको छ । शुक्रबार संघले आफ्नो ऐक्यबद्धता जनाउँदै नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको दबाब कार्यक्रमलाई समर्थन जनाएको हो ।

“खेल्न पाउनुपर्छ भन्दै नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार (कात्तिक २०) एन्फाविरुद्ध भएको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको ऐक्यबद्धता रहेको छ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।संघले एन्फालाई यथाशीघ्र फुटबल सञ्चालनको निम्ति वातावरण निर्माण गर्न समेत आग्रह गरेको छ । संघले लिग सञ्चालन नगरी एन्फा आफ्नो दायित्वबाट पन्छिँदा खेलाडीलगायत फुटबलमा जोडिएकाहरू बेरोजगार भएको औँल्याएको छ ।

बिहीबार फुटबल खेलाडी संघको आह्वानमा एन्फा प्राङ्गणमा खेलाडीहरू धर्ना बसेका थिए । उनीहरूले शीर्ष डिभिजन लिग नगर्ने निर्णयविरुद्ध चर्को असन्तुष्टि पोख्दै गेटमा मेडलसमेत झुन्ड्याएका थिए । गत सोमबार एन्फा साचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्ष होम एन्ड अवेको आधारमा ए डिभिजन लिग गर्ने सहमति गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार