काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधन भएको छ । नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
उहाँ रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । पोस्ट कोभिड समस्याले गर्दा उहाँ अहिले बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । उहाँ कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित हुनुभएको थियो । संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुग्नुभएका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उहाँ केही समयपछि अमेरिकाको न्यूयोर्क पुग्नुभएको थियो । त्यसयता उहाँ स्पीच थेरापी गर्दै आउनुभएको थियो।
पोस्ट कोभिडका कारण उहाँको घाँटीमा क्यान्सर भएको थियो । उहाँ चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । संसदमा पनि उनहाँ आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुहुन्थ्यो।