मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित

Nagarik Sewa 2095+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। 

गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यसमाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो। छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएको छ।

आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गर्नुभएको छ। आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार