एमाले महाधिवेशनको मतगणना सुरु

Nagarik Sewa 4158+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको मतदानको गणना सुरु भएको छ। निर्वाचनमा जम्मा २,२६३ मतदाता रहेका थिए, जसमा २,२२५ मत खसेको छ भने ३६ मतदाता अनुपस्थित रहेका थिए। 

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। मतदान बुधबार बिहान ९ बजेबाट सुरु भई बिहीबार बिहान ७ बजे समाप्त भएको थियो।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, तथा महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ। निर्वाचन आयोगले सबै पदको नतिजा एकैसाथ सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै