एक युवती मृत फेला

Nagarik Sewa 4281+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

कैलाली। धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी जानकारी दिए। उनका अनुसार मृत भेटिएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो। बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।

घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार