तोलामा ५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4281+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य घटेर तोलामा ५ सयले घटेर १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै