मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

माओवादी सरकारमा आएपछि मात्रै भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष प्रचण्डको दाबी

Nagarik Sewa 4881+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी एक नम्बर पार्टी भएमात्रै देशमा भ्रष्टाचार अन्त्य हुने बताएका छन्। 

शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने बताएका हुन्।

उनले माओवादीलाई पहिलो पार्टी बनाउने प्रक्रिया पनि सुरू भइसकेको दाबी गरे। 'अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरू गरी नै सक्यौं,' उनले भने।  अध्यक्ष प्रचण्डले माओवादी एक नम्बरको पार्टी भएपछि गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्मका सबै प्रकरणमा संलग्नहरूलाई त्यसै नछाड्ने बताए। 

'गिरिबन्धु, यति, ओन्नी, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचारमा संलग्नहरूलाई यसै छाडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरूरी छ,' उनले भने। 

प्रचण्डले भ्रष्टाचार विरूद्धको आफूले चलाएको अभियानबाट भयभित भएकाहरूले नै अघिल्लो सरकार ढालेको पनि दोहोर्‍याए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै