भोली ९ वटा पार्टीको एकता घोषणा हुने

Nagarik Sewa 4904+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा भोली बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच एकता घोषणा हुने बताएका हुन्।  

साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे । ‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अव देश सम्मृद्धिमा जाने हामीले विश्वास गरेका छौँ’, मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

उनले तत्काललाई माओवाद सिद्धान्त छाडेपनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताए । ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्छ । तर अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो’, सापकोटाको भनाइ छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार