प्रहरीका अनुसार ६ महिनामा ३ हजार ६ सय ९८ बालबालिका हराए

Nagarik Sewa 1733+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा नेपाल प्रहरीको तथ्यांक अनुसार ३ हजार ६ सय ९८ बालबालिका हराएका छन्।

यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन्। प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै मधेशमा बालबालिका हराउने गरेका छन्। मधेशमा ६४५ बालिका र १२१ बालक हराएका छन्। ती मध्ये अझै २ सय ३९ बालबालिका अझै भेटिएका छैनन्। 

हराएका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सात प्रदेश र काठमाडौं उपत्यका गरी ५९० बालबालिका अझै नभेटिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार