मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

कांग्रेसद्वारा जेनजी आन्दोलनका मृतकप्रति दीप प्रज्वलन

Nagarik Sewa 4881+ समाचार ( )
४ अशोज २०८२, शनिबार

काठमाडौं ।   नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले जेनजीकाे आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ ।

रत्नपार्कस्थित शान्ति बाटिकामा शनिबार साँझ भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलतन कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी हुनुभएकाे छ। गत भदौ २३ र २४ गते देशैभरी भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ ।

साेही आन्दोलनमा परी घाइते भएका सयौं मानिसहरु उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।

सरकारले मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ । जेनजीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको हाे । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्याण्डेट रहेकाे छ l

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार