महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीद्वारा पदभार ग्रहण

Nagarik Sewa 4221+ समाचार ( )
६ माघ २०८२, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गर्नुभएको छ। यस अघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हाल्नुभएको हो।   

काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि निमित्त भएर काम गर्नुभएको थियो। राजनीतिमा लाग्ने भन्दै महानगरको मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हालेका हुन्। उनले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार