हेटौंडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा

Nagarik Sewa 4261+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ । भदौ २४ देखि बन्द रहेको उद्योगले उत्पादन सुरु गरेको सूचना अधिकारी हरेराम आचार्यले बताए । 

क्लिंकर उत्पादनसँगै सिमेन्ट बजारमा  पठाउने तयारी भइरहेको उनले बताए । ''हामीसँग दुई सातालाई पुग्ने कच्चा पदार्थ छ । त्यसैबाट क्लिंकर उत्पादन भइरहेको छ। थप कच्चा पदार्थको व्यवस्थापन भइरहेको  छ,'' उनले भने । 

नियमित उत्पादन  हुँदा दैनिक सात–आठ सय क्विन्टल सिमेन्ट यस उद्योगबाट उत्पादन हुन्छ ।हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।  २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै