देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

Nagarik Sewa 4261+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र  कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गरेको छ।

नेता पूर्णबहादुर खड्काले विज्ञप्ति प्रकाशित गर्दै  गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै रिहाइको माग समेत गरेका छन् । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । 

पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘’सरकार गठन भएलगत्तै दुरासयपूर्ण ढंगले भएको राजनीतिक प्रतिशोधबाट सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हटेको देखिन्छ,’’ विज्ञप्तिमा उल्लेख छ । 

गिरफ्तारीको संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रिने देउवा पक्षको चेतावनी छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार