सरकारको विश्वसनीयता सकिएकै देखेरराजतन्त्रवादी हौसिएः अध्यक्ष दाहाल

Nagarik Sewa 4431+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामर्थ्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो? भनेर प्रश्न गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताउनुभएको हो।

‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

उहाँले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गर्नुभयो । साथै सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । 

उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गर्नुभयो । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’ राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार