मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बाह्रविसे नगरपालिकाको ८ नम्बर वडामा बालसञ्जाल र महिला सञ्जाल गठन

Nagarik Sewa 4866+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर ८ मा बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बालसञ्जाल र महिला सञ्जालको गठन भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा भद्रकाली माध्यमिक विद्यालय मानेश्वाँरामा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । साथै बालमैत्री शासन लागू गराउन सबै स्थानीय तह प्रतिबद्ध हुनुपर्नेमा आयोजकको जोड छ । 

त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा सेतीदेवी पञ्चकन्या माविका एम्पी शेर्पा, कोषाध्यक्षमा जयगोल्मा माविका जमुना नेपाली, सचिवमा भद्रकाली माविका सुभद्रा पौड्याल रहेका छन् । त्यस्तै, सदस्यतर्फ भने सिताराम आविका प्रिति तामाङ, सेतीदेवी आविका आशिष साल्मी, दुर्गाशक्ति आविका निर्जला भण्डारी र महाकाली आविका कुसुम तामाङ रहेका छन् । 

त्यस्तै महिलासञ्जालतर्फ भने अध्यक्षमा लिला घिमिरे, उपाध्यक्षमा गिता भण्डारी, सचिवमा चण्डिका कोईराला र कोषाध्यक्षमा विना तामाङ रहेका छन् । महिला सञ्जालको सदस्यतर्फ भने कमला तामाङ, विष्णुमाया तामाङ, आइतीमाया तामाङ, शुभलक्ष्मी तामाङ र सञ्चकुमारी तामाङ रहेका छन् । 

कार्यक्रममा नगरपालिकाका उपमेयर मञ्जु तामाङ्ग, नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, नगरपालिकाका विपत् शाखा प्रमुख दुर्गा प्रसाद भण्डारी, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । 

बालमैत्री स्थानीय शासनका लागि तय गरिएको निर्देशिकामा बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ । 

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका न्यूनतम सूचकका साथै स्थानीय तहले थप गरेका अतिरिक्त सूचकसमेत हासिल गर्ने, स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयन गर्ने र बालमैत्री वडा, गाउँपालिका वा नगरपालिका घोषणा गर्ने प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि कार्यविधि जारी भएको छ ।

प्रतिक्रिया

Keshab majhi ३ भाद्र २०८२, मङ्गलबार

Ward 3 baal sanjaal aadakxiya kripaya yo post gardinus hola

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार