काठमाडौं। बुधबार सुन तोलामा १५ सय रुपैयाँले घटेको छ। मंगलबारको तुलनामा आज सुन तोलाको १५ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुन आज तोलाको एक लाख ९२ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलाको दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँ हुँदा चाँदी दुई हजार एक सय ६० रुपैयाँ कायम भएको थियो।