मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

ताप्लेजुङमा आगलागी

Nagarik Sewa 4868+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

काठमाडौं। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेका छन्। तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । 

चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् ।  ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार