राष्ट्रिय वाणिज्य बैंकद्वारा सातै प्रदेशमा लक्षित 'प्रदेश विशेष कृषि कर्जा' योजना सुरु

Nagarik Sewa 4190+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले सातै प्रदेशका प्रमुख कृषि उत्पादनलाई लक्षित गर्दै नयाँ '७ प्रदेश ७ उत्पादन' नामक विशेष कृषि कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाको उद्देश्य हरेक प्रदेशको विशेष उत्पादनलाई प्रवर्द्धन गर्दै कृषिमा लगानी बढाउनु हो।

योजना अन्तर्गत प्रदेशअनुसार लक्षित उत्पादनहरू निम्नानुसार छन्:

प्रदेश १: अलैंची

प्रदेश २: माछा पालन

बागमती प्रदेश: कुखुरा पालन

गण्डकी प्रदेश: फलफूल

लुम्बिनी प्रदेश: पशुपालन

कर्णाली प्रदेश: जडीबुटी

सुदूरपश्चिम प्रदेश: केरा खेती

योजनाका मुख्य विशेषताहरू:

कर्जा सीमा: अधिकतम रु. ५ करोडसम्म

ब्याजदर: आधार दरमा मात्र ०.५% प्रिमियम थप

प्रोसेसिङ शुल्क: मात्र ०.९%

कर्जा अवधि: अधिकतम १० वर्षसम्म

बैंकले यस योजनामार्फत कृषक, सहकारी संस्था तथा कृषि व्यवसायहरूलाई सहज र न्यून व्याजदरमा कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ, जसले कृषि क्षेत्रमा आत्मनिर्भरता, रोजगारी सिर्जना र समग्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने विश्वास लिएको छ।

बैंकले थप जानकारीको लागि आफ्ना नजिकका शाखाहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।

फोन: (०१) ५१५२१२० | टोल फ्री: (०१) ५१५०००८

इमेल: rbb.info@rbb.com.np

वेबसाइट: www.rbb.com.np


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार