काठमाडौं जिल्ला अदालतले गर्यो मनोज भेटवाललाई हाजिर जमानीमा रिहा

Nagarik Sewa 4218+ समाचार ( )
२२ आश्विन २०८२, आइतबार

काठमाडौं। पुरानो बसपार्कमा ‘काठमाडौं भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई हाजिर जमानीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले भेटवाललाई हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका हुन् । गएको असार १३ गते उनलाई प्रहरीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो ।

दम र सुगरको बिरामी रहेका भेटवाललाई सोही रात धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। असार १५ गते जिल्ला अदालत काठमाडौंले भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । दोस्रो पटक गत शुक्रबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले हाजिर जमानीमा छाड्न आदेश गरेपछि रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार