चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  काठमाडौंबाट धनुषातर्फ गइरहेको बागमती प्रदेश ०१ ००६ ख ५२१७ नं को बसले ठक्कर दिँदा धुनषाकी ५२ वर्षीया सिकिल देवी पूर्वेलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९, सिमलटाँडीमा ठक्कर दिएको थियो ।

सिकिल देवी १ ०२ ००१ ख ९०११ नं. को बसमा सवार थिइन् । उनी पिसाब फेर्न झरेको अवस्थामा सोही दिशातर्फ गइरहेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो । डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।

ठक्कर दिने बस र चालक भण्डारा प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार