वडाध्यक्षको निरन्तर प्रयासपछि हायु परिवार गाउँ फर्किन तयार

Nagarik Sewa 4426+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

पोखरा। साउन ११ गते पोखरा आएका सिन्धुलीका हायु परिवार गोलन्जोर गाउँपालिका ६ का वडाध्यक्षको निरन्तर प्रयासपछि अन्ततः गाउँ फर्किन तयार भएका छन्। उनीहरूलाई लिन वडाध्यक्ष रविन श्रेष्ठ आफै पोखरा आएका थिए । ‘उहाँहरू जान तयार हुनुभएको छ । लगभग सामान प्याक गरिसक्यौं,’ उनले भने, ‘अब केहीबेरमै निस्किने तयारी छ ।’ गाउँ फर्किन मानेपनि उनीहरूले आफ्नै पुरानो घरमा भने नजाने बताएका छन् ।

‘घरमा जाँदैनौँ भन्नुभएको छ । यहााँबाट लगेर मैले आफ्नै घरमा राख्छु,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिस्तारै कतै आवास व्यवस्था गरेर सार्ने सोचेको छु ।’

हायु परिवार पोखराको गगनगौंडामा छन् । घरमा बालबालिका निरन्तर बिरामी पर्न थालेपछि सिन्धुलीस्थित आफ्नो घर छाडेर उनीहरू पोखरा आएका हुन् । जनप्रतिनिधिहरूले रोजगारी तथा सुरक्षित आवासको आश्वासन दिएपछि १९ जना नै गाउँ फर्किन तयार भएका हुन् । सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई सदस्यलाई रोजगारीको ग्यारेन्टी गरेका छन् । परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार