मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

आजदेखि फेरि आईपीएल सुरु

Nagarik Sewa 4670+ समाचार ( )
४ जेठ २०८२, शनिबार

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् । अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।

आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।

शनिबारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ भने कोलकाता बाहिरिने चौथो टिम बन्नेछ । कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ ।

अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ ।

यस्तै दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।

हैदराबाद १२ खेलमा ७ अंकसहित आठौं, राजस्थान १२ खेलमा ६ अंकसहित नवौं र चेन्नई १२ खेलमा ६ अंकसहित १०औं स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै