सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

Nagarik Sewa 4431+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गर्नुभएको हो। 

ब्रेक थ्रुसँग बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । सुरुङमार्गको ब्रेक थु समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुर्गमबाट सुगम र पिछडिएको देशबाट अघि बढेको देशका रूपमा अग्रसर हुँदैछ भन्ने सन्देश दिन सकिएको बताउनुभयो। 

प्रधानमन्त्री ओलीले यस्तै उपलब्धिबाट पछौटेपन समाप्त गर्न सकिने भन्दै वर्तमान सरकार विकास र स्थिरताका लागि बनेको बताउनुभयो । ‘अघिल्लो पटक सुरु भएका काम अघि बढी रहेका छन् । संयुक्त सरकारकाले ध्यान दिएर देशको शीघ्र विकास र सुशासनमा ध्यान दिएको छ । हामी बनाउँछौँ हाम्रो देश अरूको आवश्यकताअनुसार सहयोग लिनसक्छौँ’, प्रधानमन्त्रीको भनाइ छ । 

‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुनुहुन्थ्यो। सुक्खायाममा धुलो र पहिरो खस्ने गरेकाले यो राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । 

सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार