ह्यारी र मेगन मार्कल बेलायत फर्कने तयारीमा

Nagarik Sewa 4740+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

काठमाडौं । बेलायतका राजा चार्ल्सका कान्छा छोरा एवं ड्युक र डचेस अफ ससेक्स प्रिन्स ह्यारी र मेगन मार्कल अमेरिकाबाट बेलायत फर्कने तयारीमा रहेका बीबीसीले जनाएको छ । ह्यारी र मेगन यसै महिनाको अन्त्यमा लन्डनबाहिर रहेको एउटा निजी निवासमा सर्ने तयारीमा छन् । उनीहरूका दुवै सन्तान सात वर्षीय प्रिन्स आर्ची र पाँच वर्षीया प्रिन्सेस लिलिबेटलाई बेलायतको एउटा विद्यालयमा भर्ना गराइएको छ ।

बेलायत फर्कने उनीहरूको निर्णयबारे आइतबार राजा चार्ल्सलाई जानकारी गराइएको छ । यस वर्षको जुलाईमा ह्यारी, मेगन र उनीहरूका सन्तानले राजा चार्ल्सलाई उनको हाइग्रोभ निवासमा भेटेका थिए । तर, ह्यारी र मेगनको निर्णयबारे चार्ल्स यसअघिसम्म अनभिज्ञ थिए । अब पनि ह्यारी र मेगनको आधिकारिक हैसियतमा कुनै परिवर्तन हुने छैन । उनीहरू राजपरिवारका कार्यकारी सदस्यका रूपमा नभई सामान्य नागरिकका रूपमा नै रहनेछन् ।

बेलायत फर्कने ह्यारी र मेगनको योजनाबारे प्रिन्स विलियम र प्रिन्सेस क्याथरिनलाई पनि जानकारी गराइएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै