मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

११.२९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौं । सेयरबजार मापक नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा बन्द भएको छ। कारोबार रकम बढेको छ । पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार चार अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ७७ कम्पनीको सेयरमूल्य बढेको छ । १६५ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ ।

यस दिन दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । माबिलुङ इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार