काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३९ दिनको लागि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब निक्षेप उठाउने भएको छ। निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी बैंक तथा वित्तीय संस्थाबाट लगानीयोग्य रकम संकलन गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ।
यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्। उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्। उक्त रकम उनीहरुले राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा समेत प्रयोग गर्न पाउनेछन्।
यसको सावाँ तथा ब्याज भुक्तानी आगामी वैशाख २७ गते हुने राष्ट्र बैंकले जनाएको छ।