सशस्त्र प्रहरीद्वारा ३० लाखभन्दा धेरैको भन्सार छलिको कपडा बरामद

Nagarik Sewa 4376+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं। पर्साबाट शनिवार राति ३० लाखभन्दा धेरैको भन्सार छलिको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जका डीएसपी सुरज रिजाल र भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलेको कपडा बरामद गरेको हो । 

भन्सार छलेर गोदाममा राखिएको कपडा र कस्मेटिक सामान बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । कुर्ता सुरुवाल  १ हजार ६ सय २७ थान, स्कार्फ  १ हजार ७ सय २२ थान, सल २ हजार ७ सय ६८ थान, लेडिज ब्याग, साडी पिन , लङ कोट बरामद गरिएको छ । सो कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार