मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पुनः पक्राउ

Nagarik Sewa 5112+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

काठमाडौं । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पुनः समातिएका छन् । मंगलबार (असोज २१) प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धानका निम्ति जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट तीन दिनको म्याद लिएको छ ।

रकम असुलीको आरोपमा खोजी भइरहेका गोपाल विक भनिने वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हातपातको प्रयास गरेपछि वडाध्यक्षलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झविन्द्र परियारले बताए । केशरमान र वीरेन्द्र दाजुभाइ भएका उनले जानकारी दिए ।

वीरेन्द्रको खोजीमा गएको टोलीले मुसिकोटस्थित कालिका मन्दिरनजिक दुवै दाजुभाइलाई फेला पारेको थियो । वीरेन्द्रलाई नियन्त्रणमा लिन खोज्दा केशरमानले प्रहरीमाथि हातपात गर्दै उनलाई भगाएको प्रहरीको भनाइ छ ।

वीरेन्द्रविरुद्ध विभिन्न निर्माण व्यवसायीलाई फोनमार्फत धाकधम्की दिएको भन्दै प्रहरीमा जाहेरी परेको छ । केशरमान यसअघि पनि तीनपटक पक्राउ परिसकेका छन् । ०७६ पुसमा अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका उनी १३ दिन हिरासतमा बसेर १० हजार रुपैयाँ धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

त्यसअघि, ०७६ असार ५ गते ज्यान मार्ने उद्योगसम्बन्धी अभियोगमा पक्राउ परेका उनी जिल्ला अदालतबाट एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । ०७७ पुस १० गते पुनः अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका उनी २४ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । यसपालि उनी चौथोपटक पक्राउ परेका हुन् ।

प्रहरीले विगतका पक्राउ र राजनीतिक गतिविधिबीच पनि उनको चालचलनमा अपेक्षित सुधार नदेखिएको जनाएको छ । केशरमानले भने आफूलाई प्रहरीले प्रतिशोध साध्न पक्राउ गरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार